२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नागपोखरीको सन्तोषी मन्दिरमा चोरी गरेको आरोपमा ३ जना पक्राउ



२ साउन ०७९, काठमाडौं । काठमाडौंको नक्साल नागपोखरीस्थित सन्तोषी मन्दिरको मूर्तीमा जडित सुनचाँदी चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोककी १८ वर्षीया सबिना पराजुली, गुल्मीकी २५ वर्षीय विष्णु पछाई र सर्लाहीका २० वर्षीय सिद्धार्थ बुढाथोकी छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरुलाई आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार उनीहरुको साथबाट सुनको तिलहरी, चाँदीको करुवा, चाँदीको सिसा दानी, चाँदीको ऐना, गिलास, दियो, सिक्का, माला, लकेट लगायत बरामद भएको छ ।
पक्राउ परेका तीनजना माथि चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको मैनालीले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।