१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको ठेचोमा आजबाट बाह्र वर्षे जात्रा सुरु




१० साउन ०७९, चापागाँउ । ललितपुरको ठेचोमा आज गथामुग चह्रेका दिनबाट नवदुर्गा भवानीको बाह्र बर्षे जात्रा सुरु हुँदैछ ।
हरेक बाह्र बर्षेमा मनाइने जात्रा सुरु भएसँगै आजबाट ठेचोमा उल्हास छाउँदैछ । जात्रा चैत्रसम्म चल्नेछ ।
जात्रा सम्पन्न गर्न गोदावरी नगरपालिकाले ५० लाख सञ्चालन खर्च दिएको छ । गुठीले जात्राका लागि ७० लाखभन्दा धेरै खर्च हुने बताएको छ । अन्य जात्रा पर्व सञ्चालनका लागि गुठीले चन्दा उठाउने भएको छ ।
जत्रा अवधिभर २८ वटा पुजा हुनेछ । भने ६० वटा बली मात्रै ्चढाइन्छ । सुनाकोठी र ठेचोबासीका लागि जात्राको अवसरमा भोज खुवाइन्छ ।
जात्राको पुर्वसन्ध्यामा श्री नवदुर्गा भवानी देवि गुठीले एक सूचना प्रकाशित गरेर विभिन्न गतिविधिमा नगर्न अनुरोध गरेको छ ।
प्रकाशित सूचनामा नियम पालन नगरेको खण्डमा अनिष्ट भएमा आफूहरु जिम्मेवार नहुने जनाएको छ ।


जात्रा अवधिभर ठेचोमा खुट्टा झुण्डाएर बस्न नहुने, पटक पटक भोजभतेर,विवाह ब्रतबन्ध गर्न नहुने, अन्य ठाँउबाट आएका पाहुनालाई बास बस्न दिन नपाउने नियम बनाइएको छ ।
जात्रा चलिरहेको समयमा सिठी वा ताली बजाउन पाइदैन । घर वा मन्दिरमा भएको घण्ट बजाउनु हुँदैन भएको घण्टी समेर बाँधेर राख्न गुठीले सूचित गरेको छ ।
घण्टाकर्ण चतुदर्शीदेखि धुस्ख नाच पुरा नभएसम्म गुठीको बजाबाहेक अन्य बाजा समेत बजाउन पाइदैन । जात्रा समापनपछि भने सबै बाजा बजाउन पाइन्छ ।

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।