४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


चापागाँउ : जहाँ फुल्छ सुन्दर कमल फूल (तस्विरहरु)



११ साउन ०७९, चापागाँउ । दर्के झरिको मौसममा धेरैलाई दिनभर कोठामा बस्न मन पर्छ । दिनभरि नै सिरकभित्र लुकेर मोवाइलमा हराउने बानी पनि होला ।
तर झरि रोकिएपछि कतै घुमौ घुमौ पनि लाग्छ । यस्तै सानो घुम्ने ठाँउ ललितपुरको चापागाउमा छ : कमल पोखरी ।

चापागाँउको झ्यालीपाटीमा रहेको यो पोखरी घुम्ने आन्तरिक पर्यटकको आजकल आकर्षण छ । सानो पोखरीमा ढकमक्क फुलेको कमल फुल हेरेर बज्रबाराही मन्दिर पनि जान सकिन्छ । बज्रवाराहीको शितल र शान्त जंगल घुमेर दिन विताउन मज्जा हुन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : २७ बजे