१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


काठमाडौंमा मनसुनको रमाइलो (तस्विरहरु)



 

ललितपुरको डुकुछापमा लगाइएको वर्षे धानखेती ।

न्युज एजेन्सी नेपाल

२१ साउन ०७९, काठमाडौं । राजधानी काठमाडौंमा मनसुन लागेपछि हरियाली थपिएको छ । धुलो धुवा अनि कोलाहलले भरिएको यो शहरमा मनसुनले सौन्दर्य गरिएको आभास हुन्छ ।

बानेश्वरमा झरि परेपछि ।

भीडभाडको बीचमा रहको टुडिखेलमा आजकल सिमसार खोज्दै सारस आइपुगेका छन् । काठ क्षेत्रका तरेली परेका फाँटको हरियाली रंग फेरिएको छ । सडकको हिलो र आकाशमा मडारिएको कालो बादलले मनमा फरक रंग भरिदिएको छ ।

टुडिखेलमा सिमसार ठाँउ खोज्न आएका बुकुल्ला ।

प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीले काहीँ प्रकृति नै निर्णयक बन्छ । मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ ।

गोदावरी पार्कमा झरि परेपछि ।
छम्पीमा प्लाष्टिक ओडेर धान गोड्दै महिलाहरु ।
ललितपुरको दलचोकी जंगलमा ढाकिएको वादल ।
बग्दै गरेको नख्खु खोला ।
झरिपछि बढेको वागमती ।
सिनामंगलबाट आकाशमा देखिएको कालो बादल ।
क्षितिजबाट बर्षेको मुसलधारे झरि ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : ४२ बजे