
२३ साउन ०७९, काठमाडौं । साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहोर यहीँ नै व्यवस्थापन शुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्न कीर्तिपुरमा काम अघि बढाउने भएको हो । त्यसका लागि महानगरले पचास रोपनी जग्गा प्राप्त गरेको छ ।
सो स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहोरको व्यवस्थापन गरी मल उत्पादन गर्ने लक्ष्य छ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी महानगरको छ । महानगरले साउन एक गतेदेखि कुहिने र नकुहिने फोहोरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि शुरु गरिसकेको छ ।
सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहोरको दीर्घ समाधानका लागि स्थान पहिचान भैरहेको महानगरको भनाइ छ । चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा अन्य स्थानमा पनि जग्गा खोज्ने काम भइरहेको महानगरले जनाएको छ ।








प्रतिक्रिया