१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको सामाखुशीबाट दुर्लभ सालकको खपेटासहित तीन जना पक्राउ




२८ साउन ०७९, काठमाडौं । काठमाडौंको सामाखुशीबाट सालकको खपडासहित ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ सामाखुशीबाट करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित मकवानपुर गढी गाउँपालिका ८ बस्ने ४२वर्षीय सूर्य बहादुर स्याङतान समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा दुर्लभ बन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई सालकको खपेटा र डिजिटल तौल मेसिन सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तिसारमा पठाइने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।