६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


पर्यटकीय स्थल गोटिखेलका रमणिय दृश्य



लेन्स : उज्वल बजगाई
३० साउन ०७९, ललितपुर । दक्षिण ललितपुरको आर्कषक पर्यटकीय स्थल गोटिखेलमा पछिल्लो समय चहल पहल बढ्दो छ । यहाँको सिम्बा झरना । बैरणीधाम र कालेश्वरमा आन्तरिक पर्यटकहरुको आर्कषण बढेको हो ।


सिम्मा झरना हेर्न यो सिजनमा पर्यटकहरुको घुइचो लाग्छ । गोटिखेल बजारछेमै रहेका वैरर्णीधाम घुम्न आधा घण्टाको समय छुट्याउदा पुग्छ । सिम्बा झरना हेर्न मानिखेलसम्म पुग्नुपर्छ । यहाँको भ्रमण गर्न गोटिखेलबजारबाट २ किलोमिटर पार गर्नुपर्छ भने २ घण्टा समय छुट्याउदा पुग्छ ।


कालेश्वर पुग्न भने २ चार घण्टै लाग्छ । पहाडको चुचुरामा रहेको कालेश्वरको मन्दिरबाट सूर्योदय र सूर्यास्त हेर्न समेत मज्जा आउँछ ।
सुदुर दक्षिण ललितपुर एउटा दुर्गम गाँउपालिकाको रुपमा परिचित छ । यहाँ पुग्न सातदोबाटोबाट झण्डै ५५ किलोमिटर पार गर्नुपछ ।

 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ५५ बजे