२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


भक्तपुरमा पाहुना आएकी बालिकाको ढोकाले किचेर मृत्यु



३१ साउन ०७९, भक्तपुर । भक्तपुरमा ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ। मध्यपुरठिमी १ लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको कम्पाउन्डको फलामे ढोकाले किच्दा नुवाकोट बिदुर नगरपालिका ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालकी पाँच वर्षीया छोरी श्रीसिजा अर्यालको मृत्यु भएको हो।

उनी सो घरमा पाहुना आएकी थिइन्। साढे दुई तल्ले घरको कम्पाउन्डमा रहेको फलामे ढोका सोमबार अपराह्न अचानक पल्टेको थियो। गम्भीर घाइते भएकी उनलाई मध्यपुर अस्पताल पुर्याइएको थियो। अस्पतालमा पौने ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।