८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको गोदावरी ९ वडा कार्यलयमा चोरी, महत्वपूर्ण डाटा चोरको कव्जामा



छम्पी बजार । लेन्स : ललितपुर खबर

७ भदौं ०७९, चापागाँउ । ललितपुरको गोदावरी नगरपालिका ९ छम्पीस्थित वडा कार्यलयबाट गएराति ३ थान कम्प्युटर र ३ थान प्रिन्टर समेत गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
भैसेपाटी प्रहरी प्रमुख पोषणराज थपलियाका अनुसार वडा कार्यलयको झयाल फोरेर ती सरसामान चोरी भएको हो । उनले भने, ‘अहिलेसम्म सरसामान र चोरी गर्ने व्यक्ति पक्राउ परेका छैनन । खोजी कार्य जारी छ ।’
वडाध्यक्ष आत्मराम थापाले महत्वपूर्ण डकुमेन्ट रहेको कम्प्युटर हराउदा वडाको काममा बाधा पुगेको बताए ।
वडा कार्यलयमा अनियमितता भएको र डाटाहरु गायव बनाउन चोरी गरिएको हुन सक्ने एक प्रहरीले नाम नबताउने शर्तमा बताए । उनले भने, ‘अनुसन्धान भइरहेको छ । छिट्टै सत्यतथ्य बाहिर आउँछ ।’

 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ३८ बजे