२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


सासंद नवराज सिलवालको फेसबुक स्टाटसपछि तरंग,काँग्रेस एमालेको विज्ञप्तीको दोहोरी




ललितपुर खबर
१६ भदौं ०७९, ललितपुर । ललितपुर क्षेत्र नं.१ बाट संघीय सासंदमा ५ वर्षअघि विजयी भएका नवराज सिलवालले फेसबुकमा लेखेको स्टाटसपछि ललितपुरको राजनीति तरंगित भएको छ ।
केही सञ्चार माध्यमहरुमा सासंद सिलवालले मिटरव्याजका कारण उजुरी परेको समाचार प्रकाशन गरेपछि सासंद सिलवालले फेसबुकमा स्टाटस लेखेर विरोध गरेका थिए । फेसबुकमा लेखेको भाषालाई लिएर काँग्रेस निकट कार्यकर्ता र प्रस युनियन आवद्ध पत्रकारहरुले आपत्ती जनाएका थिए ।


भाषाको विषयलाई लिएर ललितपुर क्षेत्र नंं १का क्षेत्रीय सभापति सुन्दरमान थिङले विज्ञप्ती नै निकालेर विरोध जनाए । प्रतिउत्तरमा एमालेबाट अर्को विज्ञप्ती प्रकाशित गर्दै सत्ताको आडमा धम्की दिएको भन्दै विरोध गरेको छ ।
विज्ञप्तीमा गोदावरी नगरपालिकाका नगरअध्यक्ष प्रभाकर थापा,कोञ्ज्योमका पालिका अध्यक्ष कविन्द्रकुमार लामा, वागमतीका पालिका अध्यक्ष नवराज सञ्जेल र महाकालका पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईको हस्ताक्षर छ ।
पछिल्लो समय नेकपा एमालेबाट नवराज सिलवाल नै फेरि संघीय निर्वाचनमा उठ्ने चर्चासँगै नेपाली काँग्रेसले उनी विरुद्ध प्रचार अभियान सुरु गरेको एमाले कार्यकर्ता बताउछन् ।


लगातार तेश्रोपल्ट नेपाली काँग्रेसबाट उदयशम्ेसेर राणा ललितपुर क्षेत्र नं. १ बाट संघीय सासंद पदमा उम्मेदवारी दिने तयारीमा रहेको पार्टी निकट कार्यकर्ताले ललितपुर खबरलाई बताए ।
सासंद सिलवाललाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आइजिपि बन्नबाट रोकपछि नेकपा एमाले प्रवेश गरेर ललितपुर क्षेत्र नं. १ बाट संघीय सासंदमा विजयी भएका थिए ।
एता नेपाली काँग्रेसका नेता उदयशम्सेर राणा २ पल्ट संघीय सासंदमा उठिसकेका छन् । २०७० सालको निर्वाचनमा उनी विजयीसँगै अर्थराज्यमन्त्री समेत बनेका थिए भने २०७४ सालमा उनी उनै सिलवालसँग पराजित भएका थिए ।

साथै सिलवालका स्वकीय सचिव प्रविण थापाले पनि विज्ञप्ती जारी गर्दै २०७४ सालमै कानून र जनमतमार्फत खारेज भइसकेको आरोपका विषयहरुलाई पुन उठाएर जनमत प्रभावित पार्न खोजिएको आरोप लगाइएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ९ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।