८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


भैसेपाटीमा वडाध्यक्ष खड्काले सार्वजनिक गरे विजयी भएको सय दिनमै २० वटा उपलव्धि




१८ भदौं ०७९, ललितपुर । ललितपुर महानगरको वडा नं. १८ भैसेपाटीमा वडाध्यक्ष्माा विजयी दामोदर खड्काले विजयी भएको १ सय दिनमै २० वटा उपलव्धि प्राप्त गरेको तथ्य सार्वजनिक गरेको छन् । शनिबार सैबु भैसेपाटीस्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सो उपलब्धी सार्बजनिक गरेका हुन् ।
कार्यक्रममा वडा अध्यक्ष दामोदर खड्काले वडावासीको साथ र सहयोगको कारण १ सय दिनमा २० वटा उपलव्धि प्राप्त गरेको बताए ।
उनले यो अवधिमा फलफुलका विरुवा वितरण,स्वास्थ्य शिविर सञ्चालन,जेष्ठ नागरिक स्वास्थ्य परिक्षण,जुम्बा कक्षा सञ्चालन,हाट बजार सञ्चालन,बृक्षारोपण,सरसफाई, एसईई सम्मान,सूचना बोर्ड,उज्यालो वडा अभियान,वर्षमा २६ दिन मासु नबेच्ने निर्णय कार्यान्वयन,फुटवल तालिम,डेगु रोगको नियन्त्रणका लागि जनचेतना,ट्यासविन जडान,व्याग र कपी वितरण,पशु सुत्ेकरी भत्ता वितरण,फ्री वाईफाई जडान,भोतिक पुर्वाधार र विद्यालय अनुगमन गरिएको जानकारी दिए ।
वडाध्यक्ष खड्काले अब नबोली काम गर्ने बेला आएको भन्दै वडावासीलाई काम गरेरै देखाउने बताए । उनले २० उपलव्धिबाहेक दर्जनौ काम सम्पन्न गर्न बाँकी रहेको र ती सबैको नजिता विस्तारै आउने बताए ।
वडाध्यक्ष खड्काले उज्यालो वडा अभियान अन्तर्गत हरेक सडकमा सडक बत्ती जडान गर्ने कार्यक्रम शुरुवात गरेको बताए । सय दिनमा सय वटा सडक बत्ती जडान गरेको र पहिलो चरणमा भञ्याङ, मगरगाँऊ, शान्तिमार्ग, आदिनाथमार्ग ,खड्कागाँउ मछिन्द्र मूल सडकसम्म सडकबत्ती जडान गरिएका छन् भने यसै अवधिमा ५ हजारको संख्यामा फलफुल र कागतीको विरुवा वितरण, ७ सय जनाको पाठेघर स्क्रिनिङ, आँखा, दात, वाथ र सुगर रोगको र १ सय ४३ जना जेष्ठ नागरिकको स्वाथ्य परीक्षण, जुम्बा कक्षा सञ्चालन, महिला उद्यमशिलता विकासगर्न हाटबजार सञ्चालन, नख्खुपुल– जलविनायक मार्ग देखि भञ्ज्याङ्गसम्म ६ सय वृक्षरोपण, २४ जना वडावासी विद्यार्थीलाई एसईई सम्मान कार्यक्रम सम्पन्न गरेको वडाअध्यक्ष खड्काले बताए ।
सार्बजनिक स्थानमा सुचना बोर्ड स्थापना, वर्षमा २४ दिनको एकादशी , महशिवरात्री र बुद्धजनयन्तिगरी २६ दिन मासु नबेच्ने निर्णय कार्यान्वयन, डेंगी रोग नियन्त्रण गर्न जनचेतना कार्यक्रम, बिजुलीको पोलमा गुट्खा, पानपराग, चुइङगमको खोल फ्याक्न ट््यास विन जडान, वडामा दुईवटा गाईलाई पशु सुत्केरी भत्ता दिएर भत्ता शुरूवात भञ्ज्याङ स्थित तछलादेवि, कुँवरगाउको धनेश्वर, सप्तऋषी मन्दिरमा फ्रि वाईफाइ जडान , जलविनायक मार्गको पिपल बोटदेखि भञ्ज्याङ्ग, सप्तऋषी मन्दिर पछाडी बाट ढिकुरे जाने बाटो हुदै राजकुलो सम्मको बाटोमा ढल निर्माण सम्पन्न गरेको वडाले जनाएको छ ।
भौतिक पुर्वाधार कार्यक्रम अन्तर्गत १३ क्षेमा पर्खाल, रिटेनिङ वाल, बाटो निर्माण, भुक्षय नियन्त्रण , ब्लक छाप्ने काम सम्पन्न भएको छ । वडाले सय दिनको अवधिमा वडाभित्र रहेका १० वटा संस्थागत वटा विद्यालयको छात्रवृति लगायतको विषयमा सञ्चालकसंग यस अवधिमा वडाले छलफल गरेको छ । अध्यक्ष खड्काले अबको ६ महिनामा थप उपलब्धीका सार्बजनिक गर्ने जानकारी दिए ।
प्रदेशका पुर्वमन्त्री जीवन खड्काले सय दिन २० वटा काम गरे अनुसार एक बर्षमा ७३ वटा र ५ वर्षमा ३ सय ६५ वटा काम गर्न सकिने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका वडा कमिटिका अध्यक्ष विश्वराम थापाले हालसम्म गरेको काम सन्तोषजनक रहेको भन्दै वडाले सार्बजनिक सम्पत्तीलाई संरक्षण गर्ने अभियानकै रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
नेपाली काग्रेस वडा इकाइ सभापति मनकुमार थापामगरले वडावासीको आवश्यकता भन्नाले शिक्षा , स्वाथ्य र खानेपानी, बाटोघाटो हो, १ सय दिनको अवधिमा वडाले यस्ता आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर काम गरेकोमा खुसी लागेको बताए ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ७ : ३९ बजे