८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउमा एकै दिन भेटिए १ सय ९७ जना आँखाका गम्भिर विरामी




१८ भदौं ०७९,चापागाउँ । चापागाँउमा एकै दिन १ सय ९७ जना आँखाका गम्भिर विरामी फेला परेका छन् ।
गेदावरी उद्योग बाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले चापागाँउमा शनिबार आयोजित आँखा शिविरमा ४० जनाको आँखामा मासु पलाएको, १ सय ७० जनालाई चश्मा लगाउनु पर्ने अवस्थामा भेटिएको र २७ जनामा भने मोतिविन्दु भेटिएको ललितपुर खबरसँग बताए । उनले भने,६ सय ७५ जनाको आँखा परिक्षण गर्दा साडे ४ प्रतिशत मोतिविन्दुको विरामी भेटिनुले आँखा रोगको भगावह स्थिती जनाउछ । १० प्रतिशतभन्दा धेरै गम्भिर विरामीको तत्काल उपचारमा लैजानु पर्ने अवस्था छ ।
गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको एकदिने आँखा शिविरमा यी विरामी फेला परेका हुन् । ललितपुरको चापागाउँमा सम्पन्न शिविरमा ६ सय ७५ जनाको आँखा जाँच गरिएको थियो ।
तिलगंगा आँखा अस्पतालले उनीहरुको शल्यक्रिया नि : शुल्क गर्ने छ ।

आँखामा मासु पलाउने रोग धुवाँ तथा धुलोका कारण डाक्टरहरु बताउछन् । पछिल्लो समय दक्षिण ललितपर क्षेत्रका सडकमा अत्याधिक धुलो उड्ने हुँदो यो समस्या आएको हो । डाक्टरहरुले लामो समयसम्म धुलो र धुँवामा नबस्न र सकेसम्म चश्मा लगाएरमात्र ती ठाँउमा जान सल्लाह दिएका छन् ।
आजै संघको कार्यलयमा नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य क्लिनिक समेत उदघाटन गरिएको छ ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंह तथा आँखा अस्पतालका सिओओ पिताम्वर अधिकारीले संयुक्त रुपमा क्लिनिकको उदघाटन गरेका हुन् ।
उक्त कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा तथा गोदावरी नगरपालिका एवम् तुलसी मेहेर युनेस्को क्लबको सहकार्यमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ९ : ४२ बजे