२ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुर बचत संघकाे अध्यक्षमा रामहरि बजगाईं निर्वाचित



ललितपुर खबर
२८ भदौं ०७९, ललितपुर । ललितपुर जिल्ला बचत संघमा रामहरि बजगाईं निर्वाचित भएका छन्।
बजगाईंले आफ्ना प्रतिष्पर्धीलाई ९२ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। निर्वाचित भएपछि यो कार्यकालपछि नेतृत्व हस्तान्तरण गर्ने बजगाईंले घोषणा गरेका छन्।

बजगाईंले २ सय २५ मत ल्याई विजयी भएका छन्। उनका प्रतिष्पर्धी नरेन्द्र महर्जनले १ सय ३३ मत ल्याए।

वरिष्ठ उपाध्यक्षमा बजगाईंकै टिमबाट करुणारत्न बज्राचार्य निर्वाचित भएका छन्। उनले २ सय ३३ मत ल्याइ विजयी हुँदा उनका प्रतिष्पर्धी कर्ण देसारले १ सय २५ मत ल्याए।

सचिवमा स्वतन्त्ररुपमा निर्वाचन लडेका श्याम महर्जन निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।