१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको लुभुकी महिला आफ्नै घरको दोश्रो तलाबाट लडेपछि मृत्यु



३० भदौ ०७९, ललितपुर । ललितपुरको लुभुकी एक महिलाको आफ्नै घरको दोश्रो तलाबाट लडेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नै घरको दोश्रो तला माथिबाट खसेर बिहीबार बिहान मृत्यु भएको हो ।
दुई तलामाथिबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका लागि किष्ट अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ९ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।