८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


‘चापागाँउ घुसेल सडक मेरै पहलमा मर्मत’




ललितपुर खबर
५ असोज ०७९, चापागाँउ । निर्वतमान संसद नवराज सिलवालले चापागाँउ घुसेल सडक आफ्नै पहलमा मर्मत भएको बताएका छन् ।
निर्वाचनको सन्दर्भमा ललितपुरमा आयोजित एक अन्र्तक्रियामा सिलवालले आफ्नो पहलमा चापागाँउ घुसेल सडक मर्मत गरिएको भए पनि विवादास्पद तथ्यहरु प्रचारमा ल्याइएको दावी गरे ।
सिलवालले भने,‘गतनिर्वाचनको बेला उदयशम्सेर अर्थराज्यमन्त्री रहेको बेला प्युठानको सडक र घुसेल चापागाँउ सडक मर्मतका लागि बजेट विनियोजन गरिएको तर आचारसंहिता लागू भएपछि निर्णय गरिएको कारण त्यो निर्णय रोकेको थियो ।’
पछि आफूले अर्थ मन्त्रालयमा गएर दुई तीन चरणको छलफल गरेर ५ करोड थप गरी बजेट निकासा गरेको उनले बताए । उनले भने, प्युठानको चाही खारेज भयो । चापागाँउ घुसेल सडक चाही मर्मत भयो । उनले त्यो भन्दाबाहेक अरु ५० लाखभन्दा माथिको कुनै योजना ल्याएको देखाए आफू राजनीति छोड्ने बताए ।
लेले चन्दपुर सडकमा ज्यादा राजनीति भएको उनको भनाई छ । उनले काँग्रेसकै सरकार भएको बेला यो सडक मर्मत गर्न नसकेको र निर्वाचन जितेको खण्डमा मर्मत गरिदिने भन्दै चुनावी मुद्दा बनाएकोमा उनको असन्तुष्टि छ ।
पछिल्लो समय चापागाँउ गोटिखेल जोड्ने मध्यमार्गी बनेकोले आवतजावत गर्न सहज बनेको उनको भनाई छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : १८ बजे