२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंबाट रुकुमकोट जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु




६ असोज ०७९, काठमाडौं । रुकुम पूर्वमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो।

दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरेर अस्पताल लगिएको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले बताए। उद्धारका लागि दुर्घटनास्थलमा हेलिकोप्टर पुगिसकेको छ। घाइतेहरूको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ।

काठमाडौंबाट रुकुमकोट जाँदै गरेको धौलागिरी यातायात प्रालिको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हो। मध्यपहाडी लोकमार्ग हुँदै आएको बस रुकुम पूर्वको भूमे गाउँपालिका(३ क्याङ्सी बगर नजिक बिहीबार दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।