२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु 



९ असोज ०७९, काठमाडौं । काठमाण्डौको बसुन्धारामा गएराती ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखाको बार्पाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।  नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराती पौने २ बजे ठोक्किएका थिए । ट्याक्सीसहित चालकलाई प्रहरी बृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।