२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


वालकुमारीमा मोटरसाइकल दुर्घटना दुई जना घाइते, अवस्था गम्भिर



फाइल तस्बिर

१० असोज ०७९, काठमाडौं । ललितपुरको बालकुमारीमा आइतबार मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदा चालक सहित २ जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक ललितपुर खोकनाका २३ बर्षीय नबिन मर्हजन र पैदलयत्री रौतहट घर भएका ४५ बर्षीय बयाजु पटेल रहेका छन । घाइते दुबैको बि एण्ड बी.अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ ।
घाइते मध्ये चालक महर्जनको अवस्था गम्भिर रहेको छ । हिजो साँझ सवा ७ बजे बा १९ प १८२२ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएर पल्टिएको प्रहरी प्रभाग बालकुमारीले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।