५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैदिन एक हजार ५१ जनामा डेंगु, संक्रमितको संख्या २५ हजार ५ सय नाघ्यो



१० असोज ०७९, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । योसँगै सोमबारसम्म डेंगु पुष्टि हुनेको सँख्या २५ हजार ५४३ जना रहेको छ । आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।

अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा १९ हजार ९१०, लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।