२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको सिद्धिपुर चिनाउन शनिबार भव्य साँस्कृतिक साँझ हुँदै




ललितपुर खबर
१३ असोज ०७९, ललितपुर । ललितपुरको सिद्धिपुरको कला, संस्कती र भेषभुसाको जनस्तरमा प्रचार प्रसार गर्न आउँदो शनिबार भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । आयोजक संस्था युनिफिकेसन अफ द युथ (युनिटी)की कार्यबाहक अध्यक्ष चन्दा महर्जनका अनुसार कार्यक्रममा सिद्धिपुरका बाजा खलःहरुको एतिहासिक, मौलिक र इतिहाससँग जोडिएका नृत्य, बाद्यवाजन,तथा खः प्याखः (नाटकीय प्रस्तुति), सिद्धिपुर संस्कृति संरक्षण समूको संयुक्त बाजा प्रस्तुति र लाखें नाच मुख्य आकर्षण रहनेछ ।

संस्थापक अध्यक्ष सुशान महर्जनले साँस्कृतिक कार्यक्रममा नेवाः तथा आधुनिक बाजाहरुको मनमोहक तरिकाबाट प्रस्तुत गरिने बताए । महर्जनले ललितपुर खबरसँग भने,‘सिद्धिपुर र समग्रमा नेवाः जातिको परम्परा, रितिरिवाज, रहनसहन, भेषभूषा, जात्रा पर्व समेट्दै विशेष प्रस्तुति रहनेछ । तीमध्ये लोपोन्मुख कला तथा प्रस्तुतिमा हुनेछन् ।’

मर्हजनले सिद्धिपुरको मात्र नभई सिद्धिपुरको छिमेकी नेवाः वस्ती हरिसिद्धि, ठैब, बाडेगाउँ, लुभु, टिकाथली, पाटन आदि ठाउँको प्रतिनिधित्व रहने गरि तिनको कला प्रस्तुति रहने बताए । युनिफिकेसन अफ द युथ (युनिटी)को आयोजनामा हुने कार्यक्रमलाई महालक्ष्मी नगर ६ वडा कार्यालय र सिद्धिपुर संस्कृती संरक्षण समूहको सहयोग रहेको छ ।

कार्यक्रम सिद्धिपुरको यंगल टोलमा हुनेछ । राजधानीको पुर्वी क्षेत्रमा रहेको सिद्धिपुर मौलिक नेवारी कला संस्कृतीका लागि प्रसिद्ध छ । यहाँ सुकुल, गन्दीलगायत कलात्मक हस्तकलाका लागि नेपालभर प्रसिद्ध छ । सिद्धिपुरमा अहिले पनि धेरैजसो घरमा सुकुल बन्ने गरिन्छ । टाढा टाढाबाट सिद्धिपुरका सुकुलहरु खोज्न ग्राहक आइपुग्छन् ।

 

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।