३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ मा माओवादी नेतृ पम्पा,राजकाजी र काँग्रेस नेता जितेन्द्रद्वारा उम्मेदवारी दर्ता




ललितपुर खबर
२४ असोज ०७९, ललितपुर । नेकपा माओवादी केन्द्रकी स्थायी समिती सदस्य तथा उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ललितपुर जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएकी छिन् । उनले प्रतिनिधिसभा सदस्यको लागि गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३का लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनले उम्मेदवारी आठौं नम्बरमा छ । उम्मेदवारी दर्ता गर्ने क्रममा उनले आफ्नो ठेगाना ललितपुर महानगरपालिका २ गुसिंगाल लेखाएकी छिन् ।
उनीसँगै प्रदेश उम्मेदवार राजकाजी महर्जन र नेपाली काँग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठ पनि उम्मेदवारी दर्ता गराए । राजकाजी प्रदेस कबाट उम्मेदवार भएका थिए भने जितेन्द्र खबाट उम्मेदवार बनेका छन् ।
यद्यपी काँग्रेस जिल्ला सभापति श्रेष्ठले आफू कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने भन्दै कार्यकर्तामाझ बाचा गर्ने गरेका थिए । उनले निर्वाचनमा उठेर आफ्नो बाचा तोडेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।