
२४ असोज ०७९, काठमाडौं । काठमाडौं–१९, रामघाटमा दशैंको टिकाको दिन एक भारतीय नागरिकको वीभत्स हत्या भएको छ । हेमन्त महर्जनको घरमा डेरा गरेर बस्ने भारत, कोलकाताका ४७ वर्षीय दिलिप आदकको हत्या भएको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले हालै घटनामा संलग्न रहेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–२, हांसवाका २५ वर्षीय राजाबाबु भनिने श्रीलाल ठाकुरलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार ठाकुर र मृतक केही महिनादेखि सँगै काम गर्दै आएका थिए ।








प्रतिक्रिया