१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक



फाइल फोटो

२४ असोज ०७९, काठमाडौं । १०३ वर्षीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको किष्ट अस्पतालले जनाएको छ । उनी उक्त अस्पतालमा १८ दिनदेखि उपचाररत छन् । उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ सोमबार अस्पतालले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनको छातीमा निमोनिया संक्रमण देखिएपछि एन्टिबायोटिक सुरु गरिएको थियो । आइतबारदेखि मुटुको चालसम्बन्धी समस्या देखा परेकाले उनलाई आइसियूमा सारेर उपचार सुरु गरेको अस्पातलले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।