१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज निर्वाचनको उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग



२५ असोज ०७९, काठमाडौ । आज निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् । सोमबार परेका उजुरी र मनोनयन पत्र जाँचबुझ गरी आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने उनको भनाई छ ।

उनले प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएको बताएका छन् । प्रवक्ता पौडेलले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने जनाएका छन् ।

कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा भोलि बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। भोलि नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तयारी आयोगले गरेको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।