३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालको विकासमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई प्रधानमन्त्री देउवाको आह्वान



२५ असोज ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।

गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उनले सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका हुन् ।  गैरआवासीय नेपालीले नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र प्रवर्द्धनमा सहयोग पुर्‍याउन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पुँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न आह्वान पनि गरे ।  प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैर नागरिकता स्म्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पतीको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ४ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।