ललितपुर खबर
२७ असोज ०७९, ललितपुर । गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार उदय शम्सेर राणाले आफूलाई भोट दिन नपाउने भएका छन् ।
ल्लितपुर खबरलाई प्राप्त कागजात अनुसार ललितपुरको कुपण्डोलका बासिन्दा राणाको मतदान स्थल ललितपुर महानगर वडा नं. १ रहेको कारण उनले आउँदो मंसिर ४ गते वडा कार्यालयमा रहने बुथमा मनदान गर्नेछन् ।
एक नेताले उनको क्रियाशिल सदस्यता ललितपुर वागमती १ घुसेलबाट रहेको बताए । उनले यही ठाँउमा जग्गा समेत किनेका छन् ।
ललितपुर क्षेत्र नं. १ बाट नेकपा माओवादीले उनलाई समर्थन गरे उम्मेदवारीमा गठबन्धन गरेका छन् । प्रदेशतर्फ भने नेकपा माओवादीका हरि दाहाल र नेपाली काँग्रेसकै नेता मिनकृष्ण महर्जनले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया