३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


को हुन् नवराज सिलवाल ?




१३ कात्तिक ०७९, ललितपुर । नवराज सिलवाल । नेपाल प्रहरीको डिआइजीसम्म भएर देशको सेवा गरेका राष्ट्रसेवक एकाएक राजनीतिमा होमिए ।
सुरक्षा संयन्त्रको बागडोर कसलाई दिने भनेर देश दुई ध्रुवमा विभाजन भइरहेको बेला अनेकन राजनीतिक चेलखेलको चेपुवा परेपछि उनी राजनीतिमा तानिए ।


नवराज सिलवालले त्रिभुवन विश्व विद्यालयबाट सामान्य प्रशासनमा अनि अमेरिकाको भर्जिनिया विश्वविद्यालयबाट कानूनमा मास्टर्स गरेका छन् । श्रीलंकाको कोलम्बो विश्वविद्यालय भारतको जवरलाल नेहरु विश्व विद्यालय जर्मनीको होम्वर्क विश्वविद्यालय,स्वीडेनको फल्कवर्नान्ट एकेडेमी, पुवी टिमोरको लोरोसो कलेज,नेपालको काठमाडौं विश्व् विद्यालय, अमेरिकाको एविआइ एकेडेमीलगायत विश्व प्रसिद्ध विश्व विद्यालयहरुमा भिजिटिङ प्रोफेसरको रुपमा काम गरेका सिलवाल पिएपडि स्कलर पनि हुन् ।
आश्थाको पहाड, श्वदविहीन आवाज,थोत्रो छातालगायत साहित्य र अनुसन्धानको क्षेत्रमा आधा दर्जन कृति निकालेका सिलवाल संयुक्त राष्ट्र संघको हेड क्वाटरमा विज्ञ सदस्यको रुपमा काम गरिसकेका व्यक्ति हुन् ।


सिलवाल राष्ट्रको सवोच्च पुरस्कार सुप्रवल जनसेवाश्री, संयुक्त राष्ट्र संघ पुरस्कार, गोरखा दक्षिणवाहु तेश्रो र चौथो,त्रिशक्ति पट्ट दोश्रोलगायत दर्जन बढी राष्ट्रिय अन्र्तराष्ट्रिय अवार्डबाट सम्मानित व्यक्ति हुन् ।
गरिवी अशिक्षा र द्वन्द्वबाट गुज्रेका संसारका विभिन्न समुदायको अर्थ व्यस्था सुर्धान,शिक्षाको स्तर उकास्न अनि शान्ति स्थापना गर्ने सवालमा थुप्रै काम गरेको अनुभव उनीसँग छ । स्वास्थ्यमा देखिएको विकृति,नक्कली चिकित्सकहरुको सञ्जाल भत्काउन,सुन तस्करहरुको गहिरो सञ्जाल तोड्न,एटिएम ह्याकिङहरुको ठूलो गिरोहहरुलाई ध्वस्त पार्नेलगायतका दर्जन बढी सम्झनलायक कामहरु एनले सुरक्षा सेवाको कार्यकालमा गरेका छन् ।


अनुसन्धान विभागको उच्च पदमा रहेर देशका लागि योगदान दिएका सिलवाल देशका धमिराहरुको सूचना निक्कै नजिकबाट बुझ्ने मध्येमा एक हुन् ।
राजनीतिक यात्राको सुरुवात पनि सिवलावको संसदीय सक्रियता लोभलाग्दो छ । आफ्नो क्षेत्रका लागि पनि उनले पहिलो कार्यकालमा थुप्रै विषयहरुको जग निर्माण गरिसकेका छन् । अव यस पटक व्यवस्थित तरिकाले राज्यको कार्यकारी हैसियतमा आफ्नो क्षेत्रका लागि विशेष योजनाबद्ध विकाशको अभ्यास गर्ने तयारीमा छन् ।


पछिल्लो समय उनी संसदमा सरकारको विकृत काम कारवाहीको सम्बन्धमा आवाज बुलन्द बनाउने सासंदको रुपमा परिचित छन् । उनले प्रतिपक्षको बेञ्चमा बसेर सरकारले गरेको भष्ट्रचार र राष्ट्रघातका कामहरुको चर्को विरोध गर्दै आएका छन् ।
नवराज सिलवाल ललितपुर १ बाट स्थानीयका लागि मात्रै होइन देशकै लागि नेतृत्व गर्न तम्सिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।