१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउमा ३८ बर्षपछि मरष्ठी जात्रा निरन्तरता




ललितपुर खबर
१६ कात्तिक ०७९, ललितपुर । ललितपुरको चापागाँउमा ३८ बर्षपछि मरष्ठी जात्रा पुनः सुरु गरिएको छ । स्थानीय दिपेन्द्र देशारका अनुसार मंगलबार बज्रवाराही मन्दिरमा खट पु¥याएसँगै जात्रा सुरु भएको छ ।
मल्लकालदेखि यो जात्रा २०४२ सालसम्म चापागाँउका नेवारी समुदायका देशारहरुले निरन्तर रुपमा चलाउथे । २०४२ सालमा उनीहरुले जात्रा चलाउन सुरु गरेपछि नजिकै रहेको बुलुबासीले यो जात्रा चलाउने गरेका थिए । देशारका अनुसाार आज देवतालाई स्थान गरिन्छ भने भोलि खट चापागाँउ बजार घुमाइन्छ ।
बज्रवाराही जंगल हुँदै खट लैजाने परम्परा रहे पनि गोदावरी नगरपालिकाले जंगल मिचेर सडक बनाउदा खट लैजाने बाटो समेत मिचिएको उनले बताए । भने, ‘नगरपालिकाले बाटो धार्मिक बन मिचेर पर्खाल लगाउदा मरष्ठी जात्राको खट लैजान समस्या पर्ने देखिएको छ ।’

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।