८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाउँ शहर युरोपको रोम जस्तै बनाउने सिलवालको रहर




१८ कात्तिक ०७९,ललितपुर । ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका एमाले उम्मेदवार नवराज सिलवालले चापागाउँलाई युरोपको रोम पुरातात्विक शहर बनाउने योजना अघि सारेका छन् ।
लिच्छिवीकालमै विकशित भएकोे चापागाउँको पुरातात्विक सम्पदाहरुको खोज अनुसन्धानसहित संरक्षण गरेर यसलाई ब्यवस्थीत शहरका रुपमा अगाडी बढाउन आफू लागि परेको उनले बताए ।


उनले अघिल्लो कार्यकालमा सांसद रहँदा यसका लागि डिपिआर समेत भइसकेको बताए । उनका अनुसार यसका निम्ती डेढ करोड छुट्टाएर यो चापागाउँको पुरातात्विक महत्व, यसको इतिहास, तथा यसबाट कसरी यहाँका जनता लाभान्वित गर्न सकिन्छ भन्ने अध्ययन भइसकेको छ । केपी ओलीको सरकार हुँदा शहरी विकास मन्त्रालयबाट बजेट छुट्टाएर डिपीआर गरिएको थिया े। डेढ करोड छुट्टाएर डिपिआर गरिएको हो । यसका लागि विज्ञ र विशिष्ट इन्जिनियरले मिलेर काम गरेका छन् । डिपीआरले भनेका जस्तै भएमा चापागाउँ पनि इटालिएन शहर रोमको जस्तै बन्नेछ ।

निवर्तमान सांसद सिलवालका अनुसार डिपीआरले यदि ५५ करोड रुपयाँ लगानी गर्ने हो भने चापागाउँलाई पुरानो र नमुना पुरातात्विक शहर बनाउन सकिन्छ । चापागाउँको यो प्रोजेक्ट अगाडी बढाउन खोजिरहँदा केपी ओलीको सरकार ढलेकाले यसलाई अगाडी बढाउन नसकिएको हो । ‘हामीले सरकारलाई यो प्रोजेक्ट गर्नुपर्छ भनेर प्रतिवेदन मन्त्रालयमा लगीरहँदा हाम्रो सरकार ढल्यो’ , उनले भने, ‘अहिले पनि यो प्रतिवेदन मन्त्रालयमा विचाराधिन भएर बसेको छ , हाम्रो सरकार आउने वित्तिकै यो प्रोजेक्ट अगाडी बढ्छ ।’

प्याङ्गगाँउ बस्ती । तस्विरहरु : ललितपुर खबर

चापागाउँमा रहेका चार टोल बुलु , प्याङगाउँ, चापागाउँ र झ्यालीपाटीमा रहेको पुराना सम्पदालाई संरक्षण गर्दै पर्यटकलाई आर्कषित गर्ने योजना उनको छ । ‘यहाँका वहाल र फाल्चाहरुको संरक्षण गर्ने, मन्दिर पाटी पौवाको पनि संरक्षण गर्ने, टोलटोलमा ईँटा, ढुङ्गा छापेर राम्रो बनाउने र भएका घरहरुमा होम स्टे बनाउने योजना छ, उनले भने । उपत्यकाकै पुरानो शहरका रुपमा पुर्ननिर्माण गर्ने अभियानमा लागेको बताउँदै उनले यसमा सघाउनका लागि आफूहरुलाई जिताउनुपर्ने उल्लेख गरे ।


चापागाउँको सबैभन्दा ठूलो समस्या भनेको ड्रेन हो, यसको ब्यवस्थापन गर्ने , पोखरीको संरक्षण गर्ने , छेउछाउमा कलात्मक कुराहरु पस्कने आवश्यकता छ , उनले बताए । ललितपुर क्षेत्र नम्बर १ मा सत्तागठबन्धनका उम्मेद्वारका रुपमा कांग्रेसका उदय राणा रहेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ३ : २७ बजे