२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले ललितपुर–३ को प्रतिबद्धता पत्र सार्वजनिक




२० कात्तिक ०७९, काठमाडौं ।  आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सन्दर्भमा एमाले ललितपुर ३ को प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । एमाले पोलिटव्यूरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सहइन्चार्ज एवं केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्कालगायतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धता पत्रमा ‘ऐतिहासिक, सांस्कृतिक, हस्तकला र सभ्यताको धरोहर, हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदाको ललितपुर सहर’ भन्ने अभिलाषा उल्लेख छ । प्रतिबद्धतापत्रमा समग्र क्षेत्रको विकासको रेखाकन गरिएको छ ।

जिल्ला इन्चार्ज सुशीला नेपालले एमालेका उम्मेदवारहरु विजयी भएपछिका पाँच वर्षमा प्रतिबद्धतापत्र कार्यान्वयन हुने दाबी गरिन्। ललितपुर ३ का उम्मेदवार अमृत खड्काले क्षेत्रका जनताका लागि सम्मानजनक, सुखी, समृद्ध जीवनयापनका अवस्था सिर्जना गर्न प्रतिबद्ध रहेको बताए।

https://www.youtube.com/@lalitkhabar

१६ वटा बुँदा समावेश गरिएको प्रतिबद्धतापत्रमा नीति निर्माणको प्रक्रियामा नागरिकका विचार र दृष्टिकोणलाई समेट्ने उद्देश्यले नियमित रुपमा नागरिक सम्वादको आयोजना गरी जनताका भनाइ, विचार र सुझावलाई नीति निर्माणको थलोसम्म पुर्याइने, जनताको अभिमत पूरा गर्न आवश्यक ऐन, कानुन, नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न प्रभावकारी भूमिका निर्वाह गरिने, पुरातात्विक तथा ऐतिहासिक सम्पदा रहेका बस्तीहरुको अस्तित्व जोगाउन भवन निर्माण संहितालाई परिमार्जन गरी कार्यान्वयन गरिने, नख्खुखोला किनारमा सडक करिडोर निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने, घना तथा जोखिमयुक्त सहरी वस्तीहरु स्थानान्तरण रोक्न नयाँ ढाँचाका बस्ती विकास गर्ने कार्यक्रम कार्यान्वयन गर्ने, कृषिमा आधारित उद्योग स्थापना र बजार व्यवस्थापन गर्न कृषि सहकारी, निजी एवं स्थानीय तहसँग समन्वय गरी व्यावसायिक कृषिमुखी अनुदान, तालिम, प्राबिधिक सहयोग र बजार व्यवस्थापन गर्न पहल गर्ने, कृषिमा आत्मनिर्भरको लागि उन्नत बीउ, उपकरण, प्रबिधि र मल सहज उपलब्ध गराउन आवश्यक पहल गर्ने विषय उल्लेख छ ।

ललितपुर महानगरका २० र गोदावरी नगरपालिकाका दुई गरी २२ वटा वडा रहेको यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, प्राचीन सम्पदा, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, भौतिक र सामाजिक विकासलगायत विषय उल्लेख गरिएको छ । ‘विदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षताको आधारमा स्वदेश फर्केर सोही पेसा व्यवसाय गर्न युवाहरुलाई प्रोत्साहन गर्नेछौं । उत्पादित वस्तुहरुलाई निर्यात गरी अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्नेछौं, ’ प्रतिबद्धतापत्रमा भनिएको छ( ‘जेष्ठ नागरिक, फरक क्षमता भएका, एकल महिला, श्रमिक तथा असहायको सुरक्षाका लागि राज्यले दिने सुबिधा लक्षित वर्गमा पुर्याउने र समय अनुकूल कार्य गर्नेछौं ।’

९४ हजार ११४ मतदाता रहेको सो क्षेत्रभित्र खोकना, बुङमति, हरिसिद्धि, सुनाकोठी, ठेचो, धापाखेल, ठैबलगायतका क्षेत्रका ऐतिहासिक सम्पदा छन् । ती क्षेत्रका जनताको जीवन स्तर उकास्न र युवा पलायनलाई जोगाउन ठोस कदम चाल्ने उल्लेख छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।