८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


छपेली भट्टेडाँडा सडकको ढलान फुटेपछि…




ललितपुर खबर
२१ कात्तिक ०७९, ललितपुर । छपेली भट्टेडाँडा सडकमा ढलान गरेको केही समयमै फुटेको छ ।
भिरालो अनि वालुवा नै वालुवामाथि गरिएको ढलान फुटेको हो । ढलान फुटेपछि ठेकोदार कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै स्थानीयबासिन्दाहरुले विरोध जनाएका छन् ।
३ करोड ५१ लख ९० हजार लगानीमा गरिएको ढलान फुटेपछि जिल्ला समन्वय समितीले चासो देखाएको छ ।
स्थानीयहरु वालुवा र सिमेन्ट थोरै, गिटी र ग्राइभेल धेरै राखेर ढलान गरेपछि सडक फुटेको भन्दै रुष्ट छन् । पुर्वाधार विकाश कार्यालय वागमतीको बजेटमा निर्माण गरिएको यो सडकको भर्खरै अनुगमन समेत भएको बताइएको छ । सडक पाँच मिटर चौडा र आठ इन्च मोटाई हुनु पर्नेमा मादण्ड नपु¥याइएको भन्दै स्थानीयहरु असन्तुष्ट छन् ।
गुणस्तर नपुगेको भन्दै पुर्वाधार विकाश मन्त्रालयले केही दिन अघि पत्र पठाएको थियो ।

https://www.facebook.com/messenger_media/?attachment_id=682653863194431&message_id=mid.%24cAAAB8sn5SiWKf034A2ETgiq3i3pZ&thread_id=100061942805179

राजमाझी कान्तिपथ पिएम जेभिले यो सडक ढलान गरेको हो । राजमाझी कान्तिपथ पिएम जेभिका सञ्चालक विष्णु तिमल्सिनाले ९ इन्च बाक्लो ढलान गरिएको कोरकटिङको नमूना देखाउदै काम गरी खाने वातावरण बनाउन अनुरोध गर्दै सामाजिक सञ्जालमा लेखेका छन् । उनले सावजनिक सञ्चारमाध्यममा आएको समाचारप्रति लक्षित गर्दै विश्वसनियतामा प्रश्न उठाएका छन् ।
एक स्थानीयले नाम नबताउने शर्तमा ढलान हेर्दा प्रष्ट हुने बताए । ‘ठेकेदार कम्पनीले सधै लुकाएर राख्न सक्दैन होला । भोलि पनि काम कस्तो भएको रहेछ देखि हाल्छ नि’उनले भने ।
उनले सार्वजनिक सडक गुणस्तरहीन भएको कुरा उठाउनेको आचोचना धेरै हुने भन्दै थप नबोल्ने बताए ।


दक्षिण ललितपुरमा भएका गुणस्तरहीन कामको कही कतै प्रश्न उठाउनेको राजनीतक ढंगबाट खेदो खन्ने गरिन्छ । सञ्चार माध्यहरुले समाचार लेखे पत्रकारलाई सार्वजनिक रुपमा चोक चोकमा चिया पसलमा गाली व्यज्जती गरिने एक स्थानीयले बताए । यहाँ सत्यलाई झुट र झुटलाई सत्य बनाउन राजनीतिक खेल हुने बताउदै उनले भने,‘ बोल्न ठिक छैन ।’

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ४४ बजे