२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लोसपाको घोषणापत्रः संविधान संशोधन आवश्यक, कार्यकारी प्रमुख प्रधानमन्त्री(पूर्णपाठ)



२१ कात्तिक ०७९, काठमाडौं  । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गर्दै लोसपाले संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा अघि सारेको छ ।

घोषणापत्रमा सबै प्रकारका विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्वका साथ समेटिएको छ । लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँस्तरमा लोकतन्त्र, सुशासन र जनकल्याणप्रति प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको लोसपाले जनकपुरको धार्मिक र सांस्कृतिक विकास र लुम्बिनीलाई विश्वस्तर चिनाउन विभिन्न योजना र कार्यक्रम ल्याइने उल्लेख गरेको छ । लोसपाले नागरिकता समस्याको हल र मधेश आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्ताको विषय पनि घोषणपत्रमा समेटेको छ ।

https://www.youtube.com/@lalitkhabar

मधेश आन्दोलनको भावनानुसार संविधानले पूर्णता नपाएको भन्दै लोसपाले वर्तमान संविधान अपूर्ण रहेको, नागरिकतासम्बन्धी कानून बन्न नसकेको तथा मधेशी जनतालाई विभेदमुक्त बनाउनुपर्नेमा जोड दिइएको छ ।

“देशमा रहेका सबै राष्ट्रियताहरुको संवैधानिक ढङ्गबाट समूचित सम्मान र पहिचान कायम गराउँदै राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण राख्न लोसपा दृढ सङ्कल्पित छ, नेपाल बहुराष्ट्रिय राज्य भएकाले राष्ट्रियतामा विविधता र एकतामा अनेकता खोज्न जरुरी छ”, घोषणापत्रमा भनिएको छ ।

पहिचानसहितको सङ्घीयताका लागि हाल मधेश प्रदेशबाहेक सबैमा खस आर्यको बाहुल्यता रहेको भन्दै सामथ्र्यलाई ध्यानमा राख्दै राष्ट्रियताको पहिचानका आधारमा राज्य पुनर्संरचनासम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदनले सिफारिस गरेको १० जोड एक प्रदेश कायम गरिनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।