३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आचारसंहिता समान रुपमा लागू हुन्छ, साना वा ठूला दल भन्ने हुँदैन –आयुक्त भण्डारी




२३ कात्तिक ०७९, काठमाडौं ।   निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने बताएका छन् । ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा भण्डारीले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको बताएका हुन् । आचारसंहिता कार्यान्वयनमा साना वा ठूला दल भन्ने प्रश्न नआउने उनले बताए ।

आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले भने, ‘आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ ।’ दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उनले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारको कर्तव्य हुने बताए ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।