३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति भण्डारीलाई आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान



२४ कात्तिक ०७९, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ । उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले उक्त अवार्ड प्रदान गरेकी हुन् ।

अवार्ड प्रदान कार्यक्रममा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन ज्याकोब्सडटिर र आइसल्याण्डका पूर्वराष्ट्रपति भिग्डिस फिनबोगाडोटिर पनि उपस्थित रहेका थिए ।राष्ट्रपति भण्डारीले आफूले प्राप्त गरेको उक्त अवार्ड लैङ्गीक सशक्तिकरण र समावेशीकरणकालाई नेपालले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका लागि योगदान पुर्याएका नेपाली महिलाहरुमा समर्पित गरेकी छन् । अवार्ड ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले लैङ्गीक सशक्तिकरणमा नेपाल को प्रगति र प्रतिबद्धता र यस क्षेत्रमा थप प्रगति गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ११ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।