८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


सत्याग्रहमा एक्लै भेटिए डा. सचिन




ललितपुर खबर
१ मंसिर ०७९, ललितपुर । ललितपुर १ का प्रतिनिधिसभाका उम्मेदवार डा. सचिन घिमिरे आजकल सत्याग्रहमा छन् । उनी बसेको चापागाँउ प्याङगाउको पाटीमा उनका सहयोगी कोही छैनन् । उनको सत्याग्रह हेर्न थुप्रै आगन्तुक रमिते भैm हेर्छन् अनि फर्कछन् ।
मंसिर १ गते विहीबार तेश्रो दिन विहान उनले बुट्टेदार सिरक ओडेका थिए । जाडोमा टोपी लगाएका थिए । उनी उक्लै पाटीमा बसेको अवस्थामा भेटिए ।
दिउँसो त हेर्ने भीड हुन्छ । तरमा उनी पाटीमा एक्लै सुत्ने गरेको बताए । भने, ‘सुरक्षाकर्मी बाहिर हुन्छन् ।’
पछिल्लो समय उनलाई गोदावरी १०का वडाध्यक्ष शेखर न्यौपाने र कोञ्ज्योसोम गाँउपालिकाका अध्यक्ष कृष्णमान लामा र ललितपुर १ खका उम्मेदवार चेतनाथ सञ्जेल भेट्न पुगेका छन् ।
सरोकार वालाहरुको प्रतिवद्धतासँगै आफ्ना ६ वटा माग पुरा गर्ने प्रतिबद्धता गरेको उनले बताए । भने, पहिलो बुँदा निवर्तमान सासंद नवराज सिलवालको संसद विकाश कोषको हिसाव किताव सार्वजनिकको माग पुरा हुन बाँकी छ ।
उनलाई निवर्तमान सासंद सिलवालले टेलिफोन गरेर घोषणापत्रमा सबै कुरा समेटेको बताएका थिए । तर डा. सचिनले लिखित कागजपत्र दिन आग्रह गरेपछि सिलवालले आज कागजात दिने प्रतिबद्धता जनाएको डा. सचिन बताए ।
ललितपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. सचिन घिमिरे सात सुत्रीय माग राख्दै गत मंगलबारबाट सत्याग्रहमा बसेका थिए ।
ललितपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका घिमिरे निर्वाचनकै पुर्वसन्ध्यामा आमरण अनसन बसेका हुन् ।
माग व्यक्तिवादी
उनले राखेका माग सार्वजनिक सरोकार नभएका व्यक्तिवादी समेत छन् । चौघरेको गोमा थिङ र चन्द्रबहादुर तामाङको आर्थिक अवस्था कमजोर भएकोले स्थानीय सरकारले प्रबिधि शिक्षा निःशुल्क गरिदिनु पर्ने,अश्राङ लुकुनी बेसीकी भोजकुमारी सञ्जेलका दुई नाता नातिनीहरुको स्थानिय सरकारले लालनपालन र आवश्यक शैक्षिक खर्च ब्यबस्थापन गरिदिनु पर्ने,कोञ्ज्योसोमका दलबहादुर बिश्वकर्मा घुडा रोगी,सुमन घेवा तथा बागमती माल्टाका स्मारिका मिश्र मृगौला पिडित सहितको उपचार स्थानिय सरकारले तत्काल गर्नु पर्नेजस्ता व्यक्तिवादी माग छन् ।
उनले ललितपुर क्षेत्र १ का निवर्तमान तथा उनका प्रतिश्पर्धी सांसद नवराज सिलवालले ल्याएको बजेट र खर्च विवरण सार्वजनिक गर्नुपर्ने,गोदावरी नगरपालिकाले तत्काल बाँदर ब्यबस्थापन गर्नु पर्ने,टाखेल चौतारा नजिक विद्युतको ट्रान्सर्फमर रुखमा छोएकोले तत्काल रुख काट्नु पर्ने, र गोदावरी नगरले किशोरीलाई खुवाएको आइरन चक्कीको जनस्वास्थ्य औचित्य प्रमाणित गर्नुपर्नेजस्ता सात बुदे माग राखेका छन् ।
डा. सचिनले आज विहीबार साँझसम्म कागजात प्राप्त भए अनसान तोड्ने बताए । उनले भने, ‘नभए निवर्तमान सासंसद सिलवालको माग बाहेक सबै पुरा भएको भन्दै अनसन तोडछु ।‘

स्वास्थ्य अवस्था कमजोर
डा. सचिनको स्वास्थ्य अवस्था पछिल्लो समय कमजोर भइरहेको बताउछन् । पहिलो दिन आफू स्वस्थ महसुस गरेपनि बुधबारदेखि कमजोर भएको बताउछन् । उनी भन्छन्,‘अहिले बेलेपछि छाती दुख्छ ।‘ आफ्नो उपचारमा साथीहरुले सहयोग गर्ने उनी बताउछन् । यद्यपी उनी सत्याग्रह स्थलमा राम्रोसँग कुराकानी गरिरहेका थिए ।

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ११ : ५० बजे