१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचन केन्द्रित सुरक्षालाई मजबुत बनाइएको छ : गृह मन्त्रालय



२ मंसिर ०७९, काठमाडौं । गृह मन्त्रालयले निर्वाचन केन्द्रित सुरक्षालाई मजबुत बनाइएको जनाएको छ । नेपाली सेनाका प्रतिनिधिसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई छेउमा राखेर गृहसचिव विनोद प्रकाश सिंहले आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा गराउन गृहमन्त्रालय प्रतिबद्ध रहेको बताए।
गृहसचिव सिंहले भयरहित र उत्साहपूर्ण ढंगले मतदान गर्न सबै मतदाताहरुमा आग्रह गरेका छन् । गृहसचिव सिंहले निस्पक्ष वातावरणमा निर्वाचन गराउन म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीहरु अहोरात्र खटिइरहेको बताए ।
गृहले कसैको प्रलोभन र त्रासमा नपरी मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेको छ । गृहले मुलुकका ९ सय ३ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली खटाएको जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।