८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरका नेताहरु कहाँ कहाँ खसाल्दैछन्  भोट




ललितपुर खबर
४ मंसिर ०७९, ललितपुर । आज मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशभर एकै चरणमा मतदान हुँदैछ ।
यसै क्रममा ललितपुरका उम्मेदवारहरुले आफूलाई भोट खसाल्दैछन् भने केही उम्मेदवारहरुले आफूलाई नभई अरुलाई नै मत दिनेछन् ।
ललितपुर १ का नेपाली काँग्रेसका उम्मेदवार उदय शम्सेर राणाले ललितपुर महानगरको वडा नं. १ कुपण्डोलस्थित वडा समितीको भवनमा मतदान गर्दैछन् । उनले आफूलाई भोट हाल्न पाउदैनन् । यो ललितपुरको क्षेत्र नं. ३ हो ।
ललितपुर क्षेत्र नं. १ प्रदेश ख का उम्मेदवार चेतनाथ सञ्जेल गोदावरी ११ प्याङगाँउस्थित वाणी विलास मावि बाट मतदान गर्दैछन् ।
ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले ललितपुर महानगर १८ नख्खुस्थित रत्नज्योती परिवार महिला भवनबाट विहान ९ बजे मतनाथ गर्दैछिन् । उनले आफूलाई समेत भोट दिन पाउछिन् ।
ललितपुर ३ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका अमृत खड्काले ललितपुर महानगर २५ स्थित जनउदय मावि भैसेपाटीबाट विहान ७बजेर ३० मिनेटमा मतदान गर्ने कार्यक्रम छ । उनले आफूलाई समेत मतदान गर्न पाउछन् ।
ललितपुर ३ कि गठबन्धन उम्मेदवार पम्फा भुसाल ललितपुर महानगरको वडा नं. २ सानेपास्थित कालोपुल राम मन्दिर केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ । उनले आफैलाई मतदान गर्न पाउछिन् ।
ललितपुर क्षेत्र नं. १ को ख प्रदेशका उम्मेदवार मिनकृष्ण महर्जन विहान ७ बजे गोदावरी ११ कुस्ले चौरबाट मतदान गर्दैछन् । उनले आफैलाई मत दिन पाउछन् ।
ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज सिलवालले गोदावरी नगरपालिकाको वडा नं. ३ किटनीस्थित सिद्धेश्वर माध्यामिक विद्यालयमा ८ बजे मतदातन गर्ने भएका छन् । उनले आफूलाई समेत भोट दिन पाउछन् ।
ललितपुर २ का एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेम महर्जन ललितपुर महानगर ८ गुइटोल पोखरी मतदान केन्द्रमा भोट हाल्दैछन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ५४ बजे