२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रुपन्देही–३ मा राप्रपाका बोहोरा निर्वाचित, बालकृष्ण खाँण पराजित



१० मंसिर ०७९, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत प्रतिनिधि सभातर्फ रुपन्देहीको क्षेत्र नं। ३ मा नेकपा एमाले– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोरा विजयी भएका छन् ।

बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेर प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट नेपाली कांंग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गरेका हुन् । खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् । यसअघि ०७४ सालको निर्वाचनमा राप्रपा–कांग्रेस गठबन्धनबाट बोहोरालाई भोट मागेका खाँण यसपटक उनै बोहोराका प्रतिस्पर्धी बने । बहालवाला गृहमन्त्री समेत रहेका खाँण यसअघि बोहोराका चुनावी कमाण्डर पनि थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ४ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।