१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समानुपातिकतर्फ ९६ लाख दुई हजार ५७६ मतगणना सकियाे, कुन दललाई कति ?



१३ मंसिर ०७९, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पछिल्लो मतगणनाअनुसार कुल ९६ लाख २ हजार ५७६ मत गणना सकिएको छ । मतगणना तथ्यांकअनुसार एमाले पहिलो स्थानमा छ । उसले २५ लाख ९३ हजार ४६६ मत ल्याएको छ ।

२४ लाख ५७ हजार ३०३ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । माओवादी केन्द्र तेस्रो दल बनेको छ । माओवादीले ११ लाख चार हजार ८३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत ल्याएको छ ।

जनमत पार्टीले तीन लाख १ हजार ६२० मत, एकीकृत समाजवादीले दुई लाख ६५ हजार ५४७ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार ३०५ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार ४०८, नेपाल मजदुर किसान पार्टीले ७३ हजार १६९, हाम्रो नेपाली पार्टीले ५३ हजार ३५२ , मंगाेल नेसनल अर्गनाइजेसनले ४६ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३०५ पाँच मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १२ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।