८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


‘ज्यापु विशिष्ट सम्मान’ ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई



२२ मंसिर ०७९, काठमाडौं । उन्नाइऔँ राष्ट्रिय ज्यापु दिवस–२०७९ का अवसरमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई‘ज्यापु विशिष्ट सम्मान’ प्रदान गरिएको छ ।
ज्यापु संस्कृति विकास कोषले आज काठमाडौंको बसन्तपुर डवलीमा प्रधानमन्त्री शेरबहादुर देउवाले महर्जनलाई सो सम्मान अपर्ण गरेका हुन् ।
नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको बताइएको छ ।
कार्यक्रममा ‘ज्यापु रत्न’बाट प्रा डा रामकृष्ण महर्जन, ‘ज्यापु विशेष सम्मान’बाट मणिकुमार प्रधान, पुष्पराज श्रेष्ठ, सूर्जनारायण प्रधान, अर्चना शाक्य श्रेष्ठ, अमित बज्राचार्य, शुष्मा राजभण्डारी, शङ्कर महर्जन र विष्णु जल्मी तथा ‘ज्यापु सरस्वती पदक’बाट पल्पसा महर्जनलाई सम्मान गरिएको थियो ।
सो अवसरमा ‘ज्यापु सांस्कृति प्रतिभा सम्मान’ बाट नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक नवीन महर्जन, ‘ज्यापु प्रतिभा सम्मान’ बाट मिस नेवाः २०२२ की विजेता सलिना महर्जन, मिस नेपाल टिन २०२२ की विजेता सृष्टि महर्जन र मिस मङ्गोल बागमती २०२१ की विजेता प्रदिका महर्जनलाई पुरस्कृत गरिएको थियो । उक्त पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।
कार्यक्रमअघि ६३ टोलका गुठीका तर्फबाट सांस्कृतिक ¥याली निकालिएको थियो । ¥यालीमा सहभागीले नेवारी झाँकी, बाजागाजा प्रदर्शन गरेका थिए । सो अवसरमा अतिथिलाई परम्परागत गोफ टोल महिला समूहबाट सगुरनस्वरुप योमरी वितरण गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाभित्रका परम्परागत नासःद्यः गुठी खलकको बाजागाजाको संरक्षण तथा संवद्र्धन गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यका साथ ज्यापु महागुथि नेपाः र नारायण परिवार क्लबको सक्रियतामा २०५८ सालमा ज्यापु संस्कृति विकास कोषको स्थापना गरिएको थियो । कोषले २०६१ सालदेखि नेवाः समुदायको मौलिक चाडपर्व यःमरी पुन्हिका दिनमा सांस्कृतिक अभियानका रूपमा ज्यापु दिवस मनाउँदै आएको छ ।
सरकारले २०६५ सालमा नेवार समुदायको पर्व यःमरि पुन्हि र सो दिनमा मनाउँदै आएको ज्यापु दिवसलाई राष्ट्रिय पर्व बिदाको सूचीमा सूचीकृत गरी सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १ : ४१ बजे