५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ठेचो सडक झारा टार्दैं टालटुल गर्दै ठकेदार




ललितपुर खबर
१ पुस ०७९, ललितपुर

ललितपुरको ठेचो सडक ठेकेदार कम्पनी नवजानुका जेभिले टालटुल सुरु गरेको छ । विहीबार रातीबाट सडक टाल्न सुरु गरिएको भए पनि काम गुणस्तरिय नभएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
ठेचोका रमेश महर्जनले ग्राइभेल राम्रोसँग पेलेर अलकत्रा राख्नु पर्नेमा त्यसो नगरेको बताए । उनले भने,‘सडकभन्दा अग्लो ग्राइभेलमाथि अपकत्रा राखिएको छ । सडक टालेको राम्रो भएन ।’
सडक विभागकी इञ्जिनियर ले ग्राइभेल पेलेर बदाउनु पर्नेमा स्थानीयबासीले काम गर्न नदिएको बताइन् । उनले भनिन्, ‘हामीले फुल रोलरले पेलेर ग्राइभेल दवाउनु पर्ने थियो । स्थानीयले थर्केर घर भन्कन्छ भन्दै विरोध गरेकाले राम्रोसँग ग्राइभेल पेल्न पाइएन ।’ उनले असपाल(अलकत्रा र गिठी ) राखेर रोलर लगाएपछि बदिने तर सडकभन्दा टालेको भाग माथि नै हुने बताइन् ।
गत जेठ महिनामै यहाँको सडक टाल्न इस्टमेट गरिएको थियो । ६ महिनामा खाल्टो ठूलो बनेपछि ठेकेदार कम्पनीलाई घाटा लाग्ने अवस्था आएको ठेकेदार पक्षले दावी गरेको छ ।
यहाँ वैकल्पिक सडक नहुँदा सडक कालोपत्र गर्न समस्या छ । नख्खु करिडोर निर्माण गरेर ढुंगा गिटीलगायतका निर्माण सामाग्री यहाँबाट ढुवानी गर्न प्रशासनले निर्देशन दिए पनि सडकको क्षमताभन्दा धेरै लोड बोकका टिपरहरु यही सडकबाट गुड्ने हुँदा सडक चाडै भत्कने गरेको छ ।
ठेकेदार कम्पनीले विहीबार रातीबाट सुरु गरेको काम शुक्रबार रातभरसम्म सकिने अनुमान छ ।
नगरपालिकाले सडक मर्मत गर्न तापक्रम नपुग्ने भन्दै सडकमा पानी नहाल्न सूचना जारी गरेको भए पनि स्थानीयले धुलो उडेपछि पानी हालेपछि मर्मत गर्न कठिनाई भएको थियो ।
नवजानुका जेभिले चापागाँउ बजारमा गत जेठ असार महिनामा ढलानको ठेक्का पाएपछि काम सम्पन्न गरेको थियो ।

नवजानुका जेभिले तत्काल ठेचो हेल्थपोष्टदेखि झ्यालीपाटीसम्म मर्मत गर्दैछ । यो सडक टाहालेससम्म नै मर्मत गर्ने योजना रहेको गोदावरी ११ का वडाध्यक्ष निलबहादुर देशारले बताए । गत २०७२ सालमा सडक विस्तारको ठेक्का लागे पनि मुआव्जा विवादका कारण ४ बर्ष काम हुन सकेन । ठेक्का अवधि सकिएपछि २०७६ सालमा यथास्थितीमा जनप्रतिनिधिहरुको पहलमा यो सडक कालो पत्र गरिएको थियो । गुणस्तर राम्रो नहुँदा ६ महिनामै सडक भत्कन सुरु भएको थियो ।

 

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : २४ बजे