५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा निर्वाचन खर्च बुझाउन दुई जना उम्मेदवार बाँकी




ललितपुर खबर
७ पुस ०७९, ललितपुर । ललितपुरबाट संघीय तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् । निर्वाचन आयोग ललितपुरका अनुसार निर्वाचन आयोगमा निर्वाचन खर्च बुझाउन दुई जना मात्रै बाँकी रहेका छन् ।
ल्लितपुरबाट संघ र प्रदेशमा जम्मा १३० जनाले उम्मेदवारी दिएका थिए । ललितपुर क्षेत्र नं. ३ बाट एक जना र ललितपुर २ को प्रदेशतर्फ एक जनाले निर्वाचन खर्च बुझाउन बाँकी रहेको जिल्ला आयुक्त गोमा धमलाले ललितपुर खबरलाई जानकारी दिएकी छिन् । उनले भनिन्, ‘हामीले फोन सम्पर्क गरेका छौं । उहाँहरु छिट्टै वितरण बुझाउन आउने भन्नु भएको छ ।’
२०७४ सालको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको खर्च सबैले बुझाएको धमलाको भनाई छ । उनका अनुसार तत्कालिन स्थानीय निर्वाचनमा १ हजार ८ सय उम्मेदवारमा करिव १ हजार ४ सय उम्मेदवारले खर्च विवरण बुझाएका थिए ।
तर २०७९ सालको स्थानीय निर्वाचनमा ललितपुरबाट उठेका स्थानीय तहका ९७७ जना उम्मेदवारले खर्च विवरण बुझाएनन् । यहाँबाट जम्मा ४ सय ३८ जनाले मात्रै खर्च विवरण बुझाएका हुन् ।
१ हजार ४१५ जना उम्मेदवार थिए ।
जिल्लाबाट उठेका उम्मेदवारबाट ललितपुरबाट मात्रै २४ करोड ४ लाख जरिवाना उठ्ने छ ।
जरिवाना बुझाउन आयोगले खाता नम्बर सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २७ लाख र प्रदेशसभा उम्मेदवारले १५ लाखसम्म निर्वाचन खर्च गर्नसक्ने नियम छ ।
ललितपुरको क्षेत्र नंं १ मा ४८ जना, २ ४२ मा जना र ३मा ४० जनाले उम्मेदवारी दिएका थिए ।
निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफूले निर्वाचनका क्रममा गरेको सम्पूर्ण खर्च विल भरपाई सहित निर्वाचन खर्च बुझाइसक्नु पर्ने आयोगले जानकारी दिएकोे छ ।

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ११ : ११ बजे