१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बज्रवाराही मन्दिरमा पैसा नहुँदा बर्षैदेखि दैनिक पुजा बन्द




ललितपुर खबर, चापागाँउ
२५ पुस । राजधानीका सबै प्रसिद्ध मन्दिरमा दैनिक पुजा आराधना हुन्छ । मन्दिरमा पुजारी राखिन्छ अनि मन्दिरको रेखदेख गरिन्छ । कतिपय ठाँउमा नयाँ मन्दिर बनाएर पुजाआजा सुरु गर्ने अनि मन्दिरमा विभिन्न संरचना बनाएर तीर्थस्थलको रुपमा विकास गरिएको पाइन्छ ।
तर ललितपुर चापागाँउ बज्रवाराही मान्दिरमा बर्षैदेखि दैनिक पुजाआजा रोकिएको छ । मन्दिरको पुजारी नभएर होइन । मन्दिरमा सरजाम किन्ने पैसा नहुँदा ।

जुन दैनिक पुजा (नित्य) पुजारीले गर्नुपर्ने हुन्छ । यो पुजा दिक्षा दिएको पुजारीले गर्ने चलन मल्ल कालदेखि चलिआएको थियो । जुन दैनिक पुजा (नित्य) पुजारीले गर्नुपर्ने हुन्छ । यो पुजा दिक्षा दिएको पुजारीले गर्ने चलन मल्ल कालदेखि चलिआएको थियो ।
आइतबार बज्रवाराही मन्दिपरिसरमा पुजारी समेत रहेका बासुदेव कर्मचार्य निरिह हुँदै भन्दै थिए, ‘जमाना महँगो छ । एउटा माला किन्न एक सय रुपैयाँ पर्छ । घरबाट लगेर कति दिन पुजा गर्ने ।’
कर्माचार्य वालक छर्दा उनका वावु वावुलाल कर्माचार्यले दैनिक पुजा गर्थे । ‘सरकारले भुमिसुधार ल्यायो बज्रवाराही मन्दिरको नाममा रहेको ७ रोपनी गुठीको जग्गा जसको जोत उसको पोत लाग्यो । जग्गा सकियो । दैनिक पुजा रोकियो ।’ कर्माचार्य भन्छन् । सो जग्गा चापागाँउका भक्तजनले दैनिक पुजाका लागि मन्दिरको नाममा दिएका थिए ।
मन्दिरमा दैनिक पुजा संचालनका लागि कर्माचार्य अहिले जुर्मुराएका छन् । उनकै अध्यक्षतामा सप्ताहव्यापी श्रीमद् भागवत महायज्ञ पुराण लगाएर भेटि संकलन गरि अक्षयकोष निर्माण गर्ने र दैनिक पुजा सञ्चालन गर्ने कार्यक्रम अनुरुप बज्रवाराहीमा आइतबार छलफल आयोजना गरिएको थियो ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले दैनिक पुजा सञ्चालनको ग्यारेन्टी भए नगरपालिकाले बजेट निकाशा गर्ने बताए । उनले भने, ‘कर्माचार्य परिवारले दैनिक पूजा गर्ने परम्परा छ । यो यो परिवारले पुस्तौ पुस्ता पुजा चलाउन सक्छ ?’ उनको प्रश्न थियो ।
पुजारी कर्माचार्यले बजेट र थिती बसाल्न सके पुजा नरोकिने बचन दिए । उनले भने, ‘यो परम्परा र मल्लकालीन ऐतिकासिक सम्पदा जोगाउनु जरुरी छ ।’ मन्दिरको पुजारी कर्माचार्य परिवार नै रहने चलन छ । नेपाल संम्बत ७ सयको शताव्दीमा राजदेव मल्लले भक्तपुरबाट चापागाँउमा आएर राज्य गर्दा कर्मार्चाय परिवार यहाँ आएर बसेको इतिहासमा उल्येख छ ।
बज्रवाराही मन्दिर परिसरको व्यवस्थापन ज्योतिदय संघले गरिरहेको छ । यहाँ सिजनमा पिकनिकको स्टल भाडामा दिएर पैसा संघले नै उठाउने गरेको छ भने पार्किङको शुल्क पनि उसैले उठाइरहेको छ । मन्दिर र जंगल वरपरमा संघले नै सरसफाई गरिरहेको छ ।
मन्दिरमा विभिन्न कम्पनीको विज्ञापन गर्न दिएर पैसा उठाएको, मन्दिर परिसरमा फोहोर भएको र जथाभावी रुख काट्दा समेत वास्ता नगरेको भन्दै केही स्थानीय बासिन्दाले व्यवस्थापन राम्रो नभएको भन्दै विरोध गर्ने गरेका छन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।