२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


देविचौरका प्रेमप्रसाद दम्पतीले गरे ५० लाखभन्दा धेरै सम्पती विद्यालयलाई दान




चापागाँउ
२९ पुस । दक्षिण ललितपुरको देविचौरमा सञ्चालित देवि माध्यामिक विद्यालयलाई स्थानीय दानविरले १ रोपनी जग्गा दान गरेका छन् ।
विद्यालय नजिकै घर भएका स्थानीय प्रेमप्रसाद घिमिरे र प्रेमकुमारी घिमिरेले ४८ लाख बराबरको एक रोपनी जग्गा र ३ लाख ७५ हजार नगद दान गरेका छन् ।
यस स्थानमा प्राविधिक विद्यालय सञ्चालनका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उनीहरुले भूमि तथा द्रव्यदान गरेपछि बाजाजागा र अविरजात्रा गरेर गाँउ घुमाइएको थियो ।
विद्यालयका लागि ठाँउअभावसँगै कृषितर्फ प्राविधिक शिक्षाका कक्षा सञ्चालनका लागि विद्यालयले गत माघ २२ गतेदेखि यो यज्ञ सुरु गरेको थियो ।
श्रीमद् भागवत ज्ञान यज्ञ मुल समारोह समितीका अध्यक्ष गिरीप्रसाद तिमल्सिनाका अनुसार यज्ञमा दान गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । उनले भने, अहिलेसम्म २५ लाख नगद उठेको छ । प्रतिबद्धता दिनेहरुको संख्या बढ्दै गएको छ ।
महायज्ञ शनिबार सम्पन्न हुने कार्यक्रम छ ।

दान दातालाई गरिने सम्मान अनुसार घिमिरे परिवारलाई बाजागाजा बजाएर परिक्रमा गर्नुको साथसाथै बिशेष सम्मान समेत गरेको मूल समारोह समितिका संयोजक गिरीप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् । भागवत सप्ताह ज्ञान महायज्ञ यही पौष ३०गतेसम्म निरन्तर रहनेछ।

२०६० सालमा यस विद्यालयबाट एसएलसि दिएका ११ जना विद्यार्थीहरुले २५ हजार १५० रुपैयाँ विद्यालयलाई दान गरेका छन् ।

 

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।