१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


विहान सवेरै उठ्दा कति फाइदा ?




ललितपुर खबर
तपाई विहान कति बजे उठ्नु हुन्छ ? कतै तपाई विहान उठ्न अल्छी गरेर ढिला त गरि रहनु भएको छैन ?
यदि तपाई विहान ढिला उठ्ने गर्नु भएको छ भने तपाई धेरै कुरा गुमाइरहनु भएको छ । विहान सबेरै उठ्दा फाइदै फाइदा छ ।
सूर्योदयअघि उठ्दा शरिरमा स्फुर्ती भरिन्छ । विहानको चिसो हावाले शरिरमा स्पर्श गर्नु राम्रो हुने डाक्टरहरु बताउछन् । तपाई दिनभर दौडधुपमा रहनुहुन्छ । तर विहानको समय आफ्ना लागि समय छुट्याउन सकिन्छ । विहान केटाकेटीसँग खेल्न, योगध्यान गर्न, मर्निङ वाक गर्नजस्ता आफ्ना लागि समय व्यवस्थापनको काम गर्न सकिन्छ । योग,ध्यान र मनिङवाकले तपाईको स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ ।
विहान तपाईल अध्यारो हुँदै उज्यालो प्रकाश फैलिएको देख्न सक्नु हुनेछ । यसले तपाईमा सकारात्मक हुने र उज्यालो तर्फ अघि बढ्न प्रेरणा दिनेछ ।
विहानको हावामा प्रदुषण कम हुन्छ । यो बेला हिडडुल गर्दा स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।

विहान सबेरै उठेर पानी खाने आफ्ना साथीभाई भेटघाट गर्ने सही समय हो । जसका कारण आफ्ना साथीहरुसँग सुमधुर सम्बन्ध बनाउन सहयोग पुग्छ ।
शास्त्रले विहानको समयलाई ब्रम्ह मुहूर्त भनेको छ । धर्मशास्त्रले पनि विहान सबेरै उठेर ध्यान जप र पूजाआजा गर्न भनेको छ ।
डाक्टरहरु पनि विहान ढिलासम्म सुत्नुलाई स्वास्थ्यको दृष्टिकोणले नराम्रो हुने बताउछन् । उनीहरुका अनुसार ढिलासम्म सुत्नेहरुमा डिप्रेसन,मोटोपना र मुटुरोग, मानसिक रोगले गाज्ने सम्भावना धेरै रहन्छ ।
साँझको पार्टी, साथीभाईहरुसँग गुड फ्रइडेको बाहानमा भेटघाट र पछिल्लो समय साँझ मदिरा खाने लतका कारण युवा युवतीहरुको दैनिकी विग्रदै गएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरुमा रातको धेरै समय विताउने प्रबृतिका कारण पनि विहान ढिला उठ्नेहरुको जमात बढ्दै गएको छ । ढिला सुत्ने बानीका कारण विहान छिटो नउठ्ने र शरिरमा स्फुर्ती भरिदैन । मान्छे बेचैन हुन्छ ।
फेरिदो जीवन शैलीका कारण आजकलका मान्छे वेलुका ढिलोसम्म आराम गर्ने र विहान अबेरसम्म सुत्ने चलन बढ्दै गइरहेको छ । यो राम्रो होइन ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ४१ बजे