९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


२५० दिन अनिवार्य फिल्म चलाउनुपर्ने निर्माता संघको माग



काठमाडौं, २४ माघ । चलचित्र निर्माता संघले वर्षमा २५० दिन अनिवार्य रुपमा नेपाली फिल्म प्रदर्शन गर्ने नीति ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ । यसै साता निर्माता संघले सञ्चारमन्त्री रेखा शर्मालाई ज्ञापन बुझाउँदै यस्तो माग राखेको हो ।
चलचित्र संघसँग चरणवद्ध वार्ता जारी रहँदा निर्माता संघले दबाबस्वरुप सेयर बाँडफाँटसहितका माग अघि सारेको छ । निर्माता संघले मन्त्रीलाई मागपत्र बुझाएपछि झस्किएको चलचित्र संघले मंगलबार विशालनगरस्थित कार्यालयमा वार्ता समितिको छलफल बोलाएको छ । महासचिव नरेन्द्र महर्जनले छलफल भइरहेको र जारी वार्ताबारे निष्कर्ष निकालिने बताए ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि २५० दिन फिल्म चलाउनुपर्ने आफूहरुको माग पूरा हुनुपर्ने बताए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : ४९ बजे