
पोखरा, ३ फागुन । पोखरा : मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस दुर्घटनामा परेको छ । थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।
थासाङ गाउँपालिकाको धम्पु भन्ने ठाउँमा सडकबाट बस काली गण्डकी नदीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै १८ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बस खस्दा सीधै पानीमा परेको र प्रहरीको टोली समयमै पुगेकाले ठूलो क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा सवार घुम्न गएका पर्यटक र स्थानीय थिए ।
गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी २ जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।








प्रतिक्रिया