
काठमाडौं
४ फागुन । बुधबार राती काठमाडौंको बुद्धनगर निवासमा खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटपछि गम्भिर घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाका हरिकला भण्डारीे अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
डाक्टरहरुले विज्ञप्ती प्रकाशन गरेर सांसद भण्डारीको शरिर २५ प्रतिशत जलेको भए पनि ग्याँस विस्पोटपछि कोठामा धुँवा भरिएको र शरीरको फोक्सोमा धेरै असर परेको कारण थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।
गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा छोरालाई जलेर गम्भिर अवस्थामा कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।
उपचारमा संलग्न डा निजिमा ताम्रकार र डा.किरण नमर्कीले घाइते सासंद भण्डारी आमा छोरालाई थप उपचारका लागि भारत लैजान सिफरिस गरेका हुन् ।
डाक्टरहरुका अनुसार सासंद भणडरीको अनुहार, हात र खुट्टा जलेको छ । उनकी आमा हरिकला भण्डारीको श्वास नलीमा तातो हावाले थप जलेको हुनसक्ने आकलन गरेका छन् । श्रोत र साधनको कमीका कारण किर्तिपूर अस्पतालमा उपचार सम्भव नभएको भन्दै सासंद भाडारी आमा छोरालाई भारत लैजान सिफारिस गरिएको उल्येख छ ।
किर्तिपूर अस्पताल जलन भएका विरामीका लागि राम्रो मानिन्छ । डाक्टरहरु १५ प्रतिशत भन्दा धेरै शरिर जल्नुलाई उपचारका हिसावले जटिल रहेको बताउने गरेका छन् ।








प्रतिक्रिया