८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कान्तिलोकथ हुँदै हेटौडा चल्ने सुमोका कारण ललितपुरमा ट्राफिक समस्या



शुक्रबार ठेचोमा भएको ट्राफिक जाम । लेन्स : ललितखबर

ललितपुर खबर
६ फागुन । पछिल्लो समय दक्षिण ललितपुरको हुँदै कान्ति लोकपथबाट सयौंको संख्यामा टाटासुमो चल्न थालेपछि गम्भिर ट्राफिक समस्या देखा परेको छ ।
वागमती प्रदेशमा मुख्यमन्त्री सालिकराम जम्कट्टेलले भीमफेदी सडक मर्मतका लागि २ महिना बन्द गर्न निर्देशन दिएपछि कान्तिलोक पथबाट एकातर्फी हेटौडा जाने व्यवस्था मिलाइएको थियो । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपि कृष्णकुमार चन्दले भने तर हामीले हेटौडाबाट कान्तिलोकपथ हुँदै गाडीहरु आएका फेला पारेका छौं । यसका कारण पनि ट्राफिक समस्या भइरहेको छ ।
पछिल्लो समय दैनिक ६ सयको हाराहारी टाटासुमो र केही बस चल्ने गरेका छन् । यस सडकबाट चापागाँउ भट्टेडाँडा, आश्राङ,गिम्दी,फापरवारी, तालढुंगा, इकुडोल, माल्टा देविचौर घुसेललगायतका रुटमा समेत बस चल्छन् । साथै दक्षिण ललितपुरका यी क्षेत्रमा दुध र तरकारीजस्ता मालवाहक सवारी पनि चल्ने हुँदा ट्राफिक समस्या भइरहेको डिएसपि कृष्णकुमार चन्दले बताए ।
महानगरिय ट्राफिक प्रभाग चापागाउका प्रमुख रामनारायण श्रेष्ठले लामो समयसम्म यस क्षेत्रमा सडक विस्तार नहुँदा सवारी चाप बढेको डिएसपि चन्दले बताए ।
टाटा सुमोलगायत अन्य सवारी हेटौडा चल्न थालेपछि चापागाँउ, ठेचो र सुनाकोठीमा ट्राफिक जाम बढेको बताए । उनले भने,’हामीलाई सवारी खुलाउन हम्मे हम्मे पर्छ ।’
डिएसपि चन्दले चापागाँउ ठेचो र सुनाकोठी सडक साँधुरो रहेकाले घैसेपाटी टिकाभैरव हुँदै कान्तिलोकपथका सवारी चलाउन सुझाव दिने तयारी भइरहेको बताए । उनले भने, यो बाटोबाट लेले लगनखेल, टाहाखेल लगनखेलको बस मात्रै होइन निर्माण सामाग्री, ठूला मालवाहक गाडी पनि आउछन् । मुस्किलले दुई वडा गाडी चल्न सक्छ । धेरै ट्राफिक जाम भयो ।
दक्षिण ललितपुरको तीनपाने बगुवा सडक खण्डमा साँधुरो बाटो र डरलाग्दो भीर रहेकाले रातमा गाडी चलाउदा दुर्घटनाको जोखिम रहेको उनको भनाई छ । उनका अनुसार रातमा गाडी कुनै दुर्घटना भए उद्दारको राम्रो व्यवस्था छैन ।
भट्टेडाँडा प्रहरी चौकीमा १० जना प्रहरी दरवन्दी छ । आउन जान पाहाडको बाटो समस्या छ । प्रहरीसँग यथेष्ट सिआभि समेत छैन ।
सडकमा पयाृप्त ट्राफिक प्रहरी समेत नहुँदा जाम खुलाउन समेत समस्या पर्ने गरेको छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १ : ४२ बजे