१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाँच सय पच्पन्न मादल एकै पटक बजाएर नेपाली सेनाले राख्यो विश्व रेकर्ड



काठमाडौं, ६ फागुन । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधिले हस्तान्तरण गरे।

सेनाले संगठन स्थापनाको दुई सय ६० औं वार्षिकोत्सवका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते ५५५ वटा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले हस्तान्तरण गरेका हुन्।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ। दसैं, तिहार, संक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरू विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाइ लिने गरिन्छ।

वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।